Research Reports
The research reports that have been produced by LSC researchers, Bishnudatta-Saraswati Angbuhang Fellows etc. are placed for the wider audience and readers.
Disclaimer
The views and opinions expressed in the reports are those of the author/s and do not necessarily reflect the official policy or position of any organizations.
लिम्बूभाषामा स्थाननाम र अपभ्रंश अवस्था ः लिम्बुवानका पान्थर र चौविस थुमका स्थाननामको समाजशास्त्रीय भाषिक अध्ययन – राज माङलाक र देवमाया लिम्बू -इन्दु फोम्बो_
अध्ययन सार –Abstract)
लिम्बूभाषामा रहेका प्रचलित प्राचीन स्थाननामहरूको खोजी गर्नु, मूलतः पुरानो प्रशासकीय क्षेत्र पान्थर थुम र चौविस थुममा रहेका लिम्बूभाषाका स्थाननाम रहने प्रक्रियाको खोजी गर्नु र प्राचीन नामहरूको अपभ्रंश अवस्थाको खोजी गर्नु यस अध्ययनका सान्दर्भिक उद्देश्यहरू हुन् ।
स्वयम् अध्येताहरू पान्थर थुम र चौविस थुमका विभित्र स्थानहरूमा पुगी स्थलगत अवलोकन, विभित्र स्रोतव्यक्तिहरूसँग छलफल गरी वस्तुगत तथ्याङ्क सङ्कलन गरिएको छ । जस अन्तर्गत सबाल्टर्न सिद्धान्त र फुकोको शक्तिकेन्द्रीत सिद्धान्तको आधारमा कसरी असहाय, असक्त, निमुखा, किनाराका शक्तिहीनहरूको मौलिक विरासत बोकेको स्थाननामहरू राज्यको आड र शक्तिको भरमा परिवर्तन गरिदै लगिन्छ भत्रे निचोडलाई विषयगत रुपमा अध्ययन विश्लेषण गरि प्रस्तुत गरिएको छ ।
लिम्बुवान भूमिहरूमध्ये पान्थर थुमका साविक ३३ वटा गाउँपालिकाहरू र चौविस थुमका साविक ११ गाउँपालिकाहरूमा रहेका स्थाननामहरूको अध्ययन यसमा गरिएको छ । मूलतः यी पाँच तरिकाबाट स्थाननामहरू परिवर्तन भएका छन् । राज्य पक्षबाट वा राज्यका प्रतिनिधिहरूबाट, गैर लिम्बूहरूबाट, राज्यका जिम्मेवार ओहदामा -पदमा_ रहेका स्वयम् लिम्बूहरूबाट, समयको अन्तरालमा सनसनै अपभ्रंश हुने अवस्थामा र विदेश -अङ्ग्रेजी_ हरूबाट । लिम्बूभाषाबाट नामाकरण गरिएका स्थाननामहरूसँग लिम्बूहरूको इतिहास, समाज मनोविज्ञान, धर्म, दर्शन, संस्कार, परम्परा, आर्थिक, सामाजिक पद्धति, औषधिविज्ञान, मुन्धुमिक ज्ञान आदि समेत जोडिएको छ । गहिरो रुपमा अध्ययन गर्दा यी नामहरूले हाल प्राप्त गर्न नसकेको लिम्बू र लिम्बुवानसँग जोडिएका समस्या र मुद्दाको उपयुक्त हलसमेत गर्न सक्ने देखिन्छ । स्थाननामको अध्ययनले कतिपय लिम्बुवानका राजनीतिक इतिहासका र आदिम मौलिक उपचार पद्धतिका नयाँ तथ्यहरू पत्ता लाग्न सक्ने देखिएको छ ।
लिम्बुवानका स्थाननामको पुनःस्थापनाको सम्भावना र आवश्यकता अझै पनि छ । पुराना गुमिसकेका, लोप भएका स्थाननामहरू पुनः पहिलेकै अवस्थामा फर्काइएका ंसंंसारका उदाहरणहरू प्रशस्तै रहेका छन् । विविध कारणले हराइसकेका वा अपभ्रंश भएका नामहरू फर्काएका अन्तर्राष्ट्रिय अनुभव पनि छन् । तसर्थ लिम्बुवानमा अवस्थित लिम्बूभाषामा रहेका स्थाननामहरूको संरक्षणको काममा राज्यपक्ष र स्वयम् सम्पूर्ण लिम्बूहरू नै जागरुक भएर अघि बढनु वाञ्छनीय हुनेछ ।
For full version: https://limbuwanstudies.org/wp-content/uploads/2023/07/Raj-Manglak-and-Indu-Phombo-Limbu-Bhasa-Sthan-Nam-ra-Apabhramsa.pdf
0. लिम्बुवानजन्य धार्मिक सम्प्रदायहरूको उद्भव र तिनीहरूचबिचको अन्तरद्वन्द्व ः लिम्बुवानजन्य धार्मिक सम्प्रदायहरूको मानवशास्त्रीय अध्ययन – टेक लावती
अध्ययन सार (Abstract)
नेपाली इतिहासका विभिन्न कालखण्डमा राज्यसत्ताले जारी गरेका ऐन–कानून र त्यस अनुसार हिन्दुधर्मको अविछिन्न अभ्यासले प्रत्यक्ष कार्य–कारकको भूमिकामा लिम्बु जातिलाई हिन्दुधर्ममा अभ्यस्त बनायो । त्यसले प्रशस्त कार्य–कारणहरू जन्माएको छ । लिम्बुजन्य धार्मिक सम्प्रदायहरूको उद्भव भएको छ । र, वर्तमानमा मुलतः किरात धर्म र युमा साम्यो -येबा/साम्बाबिच द्वन्द्व छ ।
द्वन्द्वको मुल कारण लिम्बुजन्य धार्मिक सम्प्रदायहरूले अभ्यास गर्ने गरेको कर्मकाण्ड र धार्मिक प्रतिकहरू हिन्दुको जस्तो हुनुले हो । हिन्दुराज्य सत्ताले हिन्दु धर्मप्रति अभ्यस्त बनाएको छ । त्यस अभ्यस्तताले लिम्बुजन्य धार्मिक सम्प्रदायहरूमा गहिरो गरी आदत् -Habitus_ पनि निर्माण गरिदिएको छ । र, त्यस आदत्का कारण वर्तमानमा लिम्बुजन्य धार्मिक सम्प्रदायहरूले आफैले फरक–फरक अभ्यास गर्दै आएका कर्मकाण्डहरू÷धार्मिक चिन्हहरू हिन्दु कै जस्तो देखिए पनि मौलिक भएको विस्वास गर्दछन् । समस्याको जड त्यही विन्दुमा देखिन्छ ।
अध्ययनबाट प्राप्त तथ्यहरूले कुम्मायक–कुस्सायक र सुम्जिरी सुम्हालुङ -येबा÷साम्बा वा युमा साम्योसँग सम्वन्धित_ मा पुजारीले पूजामा हिन्दुको मन्त्रपाठ गर्दछन् । यो इतिहासकालदेखिको निरन्तरता हो । पूजारीद्वयले हिन्दु राज्यसत्ताले विभेद गरेको महशुस गरेको र विरोध पनि गरेको देखिन्छ । तर हिन्दुकै कित्तामा उभिएको चेत उनीहरूमा खुलेको देखिन्न । यी सबै हिन्दुराज्य सत्ताले, हिन्दु धार्मिक कर्मकाण्ड अभ्यास गर्दाको क्रममा आम् व्यक्तिका जीवनमा उत्पादन भएको आदतले गर्दा हो ।
त्यस्तै धर्मगुरु फाल्गुनन्दको धार्मिक ज्ञानको स्रोत हिन्दू धर्मगुरु मधुनन्द र उनको आश्रमस्थल हो । धर्मगुरु फाल्गुनन्दले हिन्दु धर्मकै वेदशास्त्र, योगशास्त्र, वेदान्त ज्ञान प्राप्त गरे । त्यसपछि उनले प्राप्त गरेको ज्ञानको व्यवहारिक अभ्यास पुर्वी नेपालको लिम्बुवानमा भयो । यस धर्म सम्प्रदायलाई पनि हिन्दु राज्य सत्ताले नजिकबाट निगरानी ग¥यो । यसको अर्थ हिन्दु राज्य सत्ताले किरात धर्ममा पनि हिन्दुधर्म थोपर्ने कार्य ग¥यो । धार्मिक प्रतीकहरू पनि हिन्दु धर्मकै प्रयोग भए । यस अभ्यासले लगभग एक शताव्दी पार गर्न लाग्दा मानिसहरू अभ्यस्त भएका छन् । त्यसकारण अहिले किरात धर्ममा जे व्यवहारीक अभ्यास छ त्यो गलत भएर पनि सत्य हो भन्ने मान्यता स्थापित छ ।
यतिखेर राजनीतिक अधिकार प्राप्तीका लागि लिम्बु समुदाय साझा पहिचान निर्माण गर्दै एउटै कित्तामा उभिन्नु पर्छ भन्ने मान्यता विकास भएको छ । तर हिन्दु राज्य सत्ताले विटूलो भएका यी लिम्बुजन्य धार्मिक सम्प्रदायहरू मौलिकताको मुद्धामा अल्झिएर द्वन्द्वमा फसेका छन् ।
For full version : http://limbuwanstudies.org/wp-content/uploads/2022/01/Emergence-of-Religious-Communities-in-Limbuwan.pdf
0. मुन्धुमी अवस्थलहरूको अध्ययन – अमर तुम्याहाङ
सारांश (Abstract)
याक्थुङ लाजे? लिम्बुवानका मुन्धुमी अवस्थलहरू, माङ्गेन्ना यक वा माङ्गेÞन्ना लुङधुङ, ऐतिहासिक स्थल वा गढीहरू, इःप्पुङहरू, पुरातात्विक तथा प्राकृतिक स्थलहरूमाथि विकास निर्माणको नाममा अतिक्रमण दिनानु दिन बढिरहेका छन् । यस खाले अतिक्रमणले याक्थुङ जातिसँग सम्बन्धितसभ्यता र मुन्धुमी विरासत समाप्ति उन्मुख हुनुका साथै याक्थुङ लाजे?को जैविक विविधताको विनास हुँदै छ । यसर्थ यसको वर्तमान अवस्था पहिचान गर्न ‘मुन्धुमी अवस्थलहरूको अध्ययन’ गरिएको छ ।
मुन्धुमी अवस्थलहरूको खोज र पहिचान गर्नु, तिनको वर्तमान अवस्थाबारेमा जानकारी हासिल गर्नु र तिनलाई संरक्षण गर्ने उपायहरू सुझाउनु यस अध्ययनका सान्दर्भिक उद्देश्यहरू हुन् ।
अध्येता तत् तत् मुन्धुमी अवस्थलहरूमा पुगी स्वयम्ले अवलोकन, स्रोत यक्तिहरूसँग व्यक्तिगत र समूहगत छलफल गरी तथ्याङ्क सङ्कलन गरी काउपापा सिद्धान्तअन्तर्गत आत्मनिर्णयको अधिकार तथा डिलिङ्किङ, रिलिङ्किङ र लिङ्किङ सिद्धान्तको आधारमा उपर्युक्त तथ्याङ्कलाई मूलभूत रूपमा गुणात्मक (Qualitative)विधिबाट विषयगत अध्ययन विश्लेषण (Content Analysis) गरी वस्तुपरक निचोडलाई सविस्तार वर्णन गरिएको छ ।
याक्थुङ लाजेको १७ं थुममध्ये फेÞदाप, छथर, चौबिस (मिकलुक) र जलहारा बेलहारा थुममा रहेका ३० अवस्थलहरूमध्ये ६.६७ %को अस्तित्व पूर्णरूपमा समाप्त भएको, १३.३३% को अति अतिक्रमित र १६.६७% अतिक्रमण उन्मुख रहेका छन् । सरोकारवाला समुदायको रेखदेखमा रहेको र प्राकृतिक रूपले मानवीय दलख कम पुग्ने स्थानमा रहेका ६३.३३% अवस्थलहरूरहेका छन् जसको अवस्था सामान्य रहेको छ । यसरी अवस्थलहरू अतिक्रमण गर्नेमा मूल रूपमा राज्य पक्ष रहेको छ । अर्को रोचक पक्ष भनेको झन्डै राज्य पक्षकै हाराहारीमा त्यतिकै निर्मम रूपमा मुन्धुमी अवस्थलहरू अतिक्रमण गर्ने अर्को पक्ष याक्थुङहरू नै संलग्न रहेको सत्तेहाङमा पन्थी धार्मिक समुदाय रहेको छ ।
याक्थुङ जातिको धर्म, दर्शन, संस्कार, संस्कृति, इतिहास, नैतिक आचार विचार, राजनीति, आर्थिक, सामाजिक प्रणालीको मूल स्रोत मुन्धुम र त्यससँग सम्बन्धित अवस्थलहरूकोउद्देश्यपरक अध्ययनबाट कतिपय अवस्थलहरूविनास भएको, कति अवस्थलहरूअतिक्रमित भएको, कतिपय अतिक्रमण उन्मुख रहेको पाइएका छन् । यिनको संरक्षण भनेको समग्र नेपाली सभ्यताको एउटा सघन याक्थुङ सभ्यताको संरक्षण गर्नु हो भने मुन्धुम र मुन्धुमी अवस्थलहरू अकण्टक प्राकृतिक स्थलहरू भएकाले यसको संरक्षण आफैमा जैविक विविधताको संरक्षण पनि हो । यसखाले संरक्षणको काममा राज्यपक्ष र समुदाय काँधमा काँध मिलाएर अघि बढ्नु वाञ्छनीय हुने छ ।
For Full version download: http://limbuwanstudies.org/wp-content/uploads/2021/04/Amar-Tumyahang-Mundhumi-Awasthal-ko-Adhyayan-1.pdf