Books

Limbuwan Study Center (LSC) publishes books, edited books, research reports and compilation of Limbuwan Working Papers published in series in website of LSC.           


                लिम्बु–अङ्ग्रेजी – नेपाली शब्दकोश

संकलक तथा सम्पादकद्वय : श्री गम्भिरध्वज तुम्बाहाङ्फे र श्री हर्कजङ कुरुम्बाङ ।

प्रकाशक : लिम्बुवान अध्ययन केन्द्र

प्रथम संस्करण : वि. सं. २०७२ (सन् २०१५)

प्रति : १०००

ISBN : 978-9937-00160-1

पुस्तक पाइने स्थान :

१. लिम्बुवान अध्ययन केन्द्र

ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर ।

२. धरान १५/९ जीवनज्योति पथ

फोन नं. (००९७७) ०२५– ५२२४८३

३. साढेआठ माइल कालिम्पोङ, इण्डिया

फोन नं. (००९१) ३५५२२५८३१४

पुस्तकको परिचय

लिम्बु भाषाकोे लेख्य परम्परा रहेको छ । किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बु भाषाको शब्द संकलन एवं शब्दकोश निर्माण गर्ने कार्यहरु लामै समयदेखि भएको पाइन्छ । श्री गम्भिरध्वज तुम्बाहाङ्फे र श्री हर्कजङ कुरुम्बाङद्वारा संकलित तथा सम्पादित यस लिम्बु –अङ्ग्रेजी – नेपाली शब्दकोशलाई त्यही शब्दकोश निर्माणको निरन्तरताको रुपमा लिन सकिन्छ । यस शब्दकोशले लिम्बु भाषाको विकासमा थप योगदान पु¥याएको छ ।

लिम्बु भाषालाई भाषाविदहरुले चार भाषिकामा – तमोरखोले, पान्थरे, छथरे, फेदाप्पे– विभाजन गरेको पाइन्छ । ति भाषिकाको फरकपनाले गर्दा तिनीहरुका कतिपय शब्दको उच्चारणमा स्वभाविक रुपले विविधता पाइन्छ । त्यसता उच्चारणका भेद तथा तिनका अर्थहरूलाई पनि यस शब्दकोशले समेट्ने प्रयास गरेको छ । यसरी नै,  लिम्बुहरुको याक्थुङ मुन्धुममा प्रयुक्त शब्दहरुको अर्थ वा बोधगम्यता लिम्बुभाषीहरुबीच चुनौतीको रुपमा रहेको छ । वास्तवमा, लिम्बुहरुको विश्व दृष्टिकोणको आधार याक्थुङ् मुन्धुम हो । मौखिक परम्परामा अद्यावधी जीवन्त रहेको याक्थुङ मुन्धुममा लिम्बुहरुको सृष्टिको गाथा, आध्यात्मिक चिन्तन, इतिहास, जीवन शैली, परम्परा, संस्कार, रितीरिवाज बारेमा सविस्तार वर्णन रहेको छ । लामो समयदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको याक्थुङ मुन्धुममा प्रयुक्त शब्दहरूको शास्त्रीय अर्थ निरूपण गर्न आफैमा चुनौतीपूर्ण कार्य हो । यसता चुनौतीलाई समेत यस शब्दकोशले यथेष्ठ ध्यान दिने प्रयत्न गरेको छ । यसका साथै, लिम्बुभाषामा कतिपय शब्दहरु अन्य भाषाका शब्दहरू आगन्तुकका रुपमा प्रयोग हुने बाध्यात्मक अवस्था छ । त्यसता आवश्यकतालाई पूरा गर्न याक्थुङ मुन्धुममा प्रयुक्त शब्दहरूलाई उपयक्त ढंगले प्रयोग गरी सकेसम्म कम गर्ने सम्भावनालाई पनि शब्दकोषले यथोचित ध्यान दिएको पाइन्छ ।

किरात सिरिजङ्गा लिपिमा लिम्बुभाषाको शब्दहरुको प्रविष्टि राखी तिनीहरुको क्ष्एब् मा उच्चारण दिइएको छ । लिम्बु बोलीचालीमा प्रयोग हुने प्रत्येक शब्दलाई नै मुख्य शब्दको रुपमा राखी खस नेपाली र अङ्ग्रेजी भाषामा अर्थ दिने कामले शब्दकोश प्रयोगकर्ताहरुलाई सहज एवं प्रयोग–मैत्री हुनेछ ।

लेखकको परिचय

श्री गम्भिरध्वज तुम्बाहाङ्फे र श्री हर्कजङ कुरुम्बाङ लामो समयसम्म व्रिटिश गोर्खा सेनामा कार्य गरी सेवानिवृत हुनुहुन्छ । सेनामा कार्यरत हुँदैदेखि लिम्बुभाषाका शब्द संकलन गर्ने काम शुरु गर्नु भएका श्री गम्भिरध्वज तुम्बाहाङ्फे र श्री हर्कजङ कुरुम्बाङले करिब १६ वर्ष अथक परिश्रम गरी यो कोश तयार गर्नु भएको हो ।