Library Management

(क) लिम्बुवान लाईब्रेरी संस्थापक समूह, सिङ्गापुर २०१७

लिम्बुवान अध्ययन केन्द्र अन्तर्गत व्यवस्थीत र सञ्चालित लिम्बुवान लाइब्रेरी लिम्बु, लिम्बुवान क्षेत्र र नेपालका आदिवासीहरुसंग सम्बद्ध अध्ययन सामग्रीहरु अध्येता, अनुसन्धाता, पत्रकार, विद्यार्थी र सामाजिक–सांस्कृतिक अभियान्ताहरुलाई सहज रुपमा उपलब्ध गराउन स्थापना गरिएको हो । यो पुस्तकालय स्थापनाका उद्देश्य, औचित्य, अवश्यकता र सम्भावना आदि समावेश गरी लिम्बुवान लाइब्रेरी सम्बन्धी एक अवधारणा–पत्र निर्माण गरिएको थियो । यही अवधारण–पत्रको आधारमा सिङ्गापुरमा कार्यरत महानुभावहरुसंग बसी पटक पटक छलफल भइ अन्ततः वहाँहरुको पहलमा आर्थिक सहयोग जुटाउने उद्देश्यले सिङ्गापुरमा कार्यरत पुस्तकालय स्थापना गर्नु इच्छुक महानुभावहरुको एक  ‘‘लिम्बुवान लाईबे्ररी संस्थापक समूह, सिङ्गापुर २०१७’ निर्माण भयो । सो संस्थापक समूह मार्फत रु ५,१३,०००/ (रुपैयाँ पाँच लाख तेह्र हजार) लिम्बुवान अध्ययन केन्द्रलाई प्राप्त भएको छ । उक्त सहयोग वापत प्राप्त रकमले लिम्बुवान लाइब्रेरी सम्बन्धी अवधारणा–पत्र अनुसार पुस्तकालयका लागि आवश्यक सामग्रीहरु क्रमशः स्टीलको दराज, कम्प्यूटर, प्रिन्टर, पुस्तकहरु खरिद गर्ने कार्यका साथै पुस्तकहरुलाई अनलाइन क्याटलोगिङ गरी व्यवस्थीत गर्ने कार्य समेत सम्पन्न भइ सकेको छ ।

Mr. Man Bahadur Kangangwa, On Behalf of Limbuwan Library Establishment Group Singapore, Handing Over Cheque to LSC

 लिम्बुवान लाइब्रेरी संस्थापक समूह, सिङ्गापुर २०१७ को नामावली निम्नानुसार रहेको छ :

१. मन बहादुर कन्दङवा                                                                    रु.१,७०,०००/

अठराई गाउँपालिका–७, थोक्लुङ, तेह्रथुम

२. टंक याङहिङवाङ                                                                           रु. २३,०००/

लालिगुराँस नगरपालिका – ९, सोल्मा, तेह्रथुम

३. राजन लाबुङ                                                                                रु. २०,०००/

फक्ताङलुङ गाउँपालिका –४, इखाबु, ताप्लेजुङ

४. भुपेन विक्रम तुम्बापो                                                                   रु. २०,०००/

फिदिम नगरपालिका – ५, चोक्मागु, पाँचथर

५. गोपाल सिं पाक्सांवा                                                                     रु. २०,०००/

छथर गाउँपालिका – ४, हमारजङ, तेह्रथुम

६. मिलन इम्सङ                                                                              रु. २०,०००/

साँगुरीगढी गाउँपालिका – ४, फाक्सिब, धनकुटा

७. ज्ञानेन्द्र यक्सो                                                                             रु. २०,०००/

आठराई त्रिवेणी गाउँपालिका – ३, हाङपाङ, ताप्लेजुङ

८. उपेन्द्र लिवाङ                                                                              रु. २०,०००/

मिक्वाखोला गाउँपालिका – ३, लिवाङ, ताप्लेजुङ

९. नर कुमार पाङमा                                                                       रु. २०,०००/

मैवाखोला गाउँपालिका – ६, साँघु, ताप्लेजुङ

१०. अग्नि प्रसाद इस्बो                                                                  रु. २०,०००/

आठराई गाउँपालिका – २, खाम्लालुङ, तेह्रथुम

११. दिलिप वनेम                                                                          रु. २०,०००/

मैवाखोला गाउँपालिका – २, ढुङगेसाँघु, ताप्लेजुङ

१२. रन्जित थाङदेन                                                                     रु. २०,०००/

श्रीजंगा गाउँपालिका – ८, खेवाङ, ताप्लेजुङ

१३. क्षितिज लावती                                                                     रु. २०,०००/

कुम्मायक गाउँपालिका –१, पाँचथर

१४. लक्कि लिम्बु (खिमदिङ)                                                      रु. २०,०००/

धरान उपमहानगरपालिका – १६, सुनसरी

१५. नरेन लिम्बु (माबो)                                                              रु. २०,०००/

याङवरक गाउँपालिका – ४, पाँचथर

१६. हाङपाल आङबुहाङ                                                               रु. २०,०००/

आठराई त्रिवेणी गाउँपालिका – ४, चाँगे, ताप्लेजुङ

१७. लक्ष्मी कुमार याङहिङवाङ                                                   रु. २०,०००/

धरान उपमहानगरपालिका – ८, गुम्बामार्ग, सुनसरी

१८. कर्णदिप तुम्बाहाम्फे                                                          रु. २०,०००/

मेरिङदेन गाउँपालिका – ६, ताप्लेजुङ

(ख) किरात याक्थुङ चुम्लुङ, हङकङ रु. २०,०००/

लिम्बुवान पुस्तकालयको दिगो ब्यवस्थापन प्रस्ताव २०७६
(अपिल)

१. पृष्ठभूमी
लिम्बुवान क्षेत्रलाई सुन्दर र समृद्ध बनाउने अभियानमा सहयोग पु¥याउने लक्ष राखेर लिम्बुवानका विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान,अभिलेखीकरण र प्रकाशन लगायतका कार्यहरु गर्न लिम्बुवान अध्ययन केन्द्र (लि.अ.के.) स्थापित भएको यथार्थ सवैमा विदित्तै छ । यो ‘केन्द्र’ किरात याक्थुङ चुम्लुङको विधान २०४६ को दफा ७५(क) ले दिएको अधिकार प्रयोग भएर पारित नियमावली अन्तर्गत एक विषयगत संगठनको रुप रहेको छ । आफ्नै नियमावलीद्वारा संचालित हुनाले लिम्बुवान अध्ययन केन्द्र एक अवच्छिन्न उत्तराधिकारवाला तथा स्वायत्त रुपमा कार्यरत रहने संस्था हो ।

२. लिम्बुवान पुस्तकालयको अवधारण र स्थापनाको सन्दर्भ
लिम्बुवान अध्ययन केन्द्र वि.सं.२०७१ सालमा स्थापित भएर संचालनमा रहदै आएको छ । यस केन्द्रलाई थप सुदृढ बनाउने छलफलको क्रममा, यस केन्द्रमा आधारित भई नियमित अध्ययन तथा अनुसन्धानको लागि आवश्यक पर्ने ‘अध्ययन श्रोत केन्द्र’ स्थापना गर्ने सोँच विकास भयो ।

यसै सन्दर्भमा ‘श्रोत केन्द्र’ ब्यवस्थित गर्न आवश्यक पर्ने श्रोत जुटाउन, लिम्बुवान केन्द्रको तर्फबाट, सिंगापूरमा ‘आफ्नो कर्म थलो’ बनाएका लिम्बू दाजुभाईहरु समक्ष यो सोँच अवगत गराउने कार्य भएको थियो । सिंगापूरमा रहेका लिम्बु मित्रहरुको तर्फबाट यस सत्कर्मप्रति सकारात्मक भई उहाँहरुबाट एउटा प्रपोजल लेखेर पठाउनु पर्ने आग्रह लिम्बुवान अध्ययन केन्द्रमा प्राप्त भयो । उक्त सहयोगी भावनापूर्ण आग्रह अनुरुप, यस केन्द्रवाट ‘लिम्बुवान पुस्तकालय’ स्थापनाको लागि आवश्यक पर्ने निम्नतम खर्च उल्लेख गरेर प्रपोजल पठाइएको थियो । उक्त प्रपोजलकै आधारमा सिंगापूरमा कार्यरत ‘शिक्षा पे्रमी तथा मनकारी’ १८ जना लिम्वू महानुभावहरुको तर्फवाट संकलित सहयोग राशी रु.५,१३,००० लिम्बूवान अध्ययन केन्द्रले प्राप्त ग¥यो । सो रकम सदुपयोग गरेर लिम्बुवान अध्ययन केन्द्र मातहत ‘लिम्बुवान पुस्तकालय’ स्थापना भएको छ । साथै यस पुस्ताकालयलाई ‘आधुनिक लाइब्रेरी व्यावस्थापन विधि’ अपनाएर ब्यवस्थित गरिएको छ । वि.सं. २०७६ असोज ४ गते उद्घाटन समेत भएर ‘लिम्बुवान पुस्तकालय’ पूर्ण संचालनमा छ ।

३. पुस्तकालय स्थापनामा अन्य सहयोगीहरु
माथि उल्लेख भए अनुसार नै, मूलभूत रुपमा, सिंगापूरमा कार्यरत ‘शिक्षा पे्रमी तथा मनकारी’ १८ जना लिम्वू महानुभावहरुको तर्फवाट प्राप्त सहयोग रु.५,१३,००० नै ‘लिम्बुवान पुस्तकालय’ स्थापनाको आधार स्तम्भ हो । यसको अतिरिक्त, पुस्तक प्रदान गरेर सहयोग गर्नेहरुमा कियाचु केन्द्रिय सचिवालय, विभिन्न ब्यक्तिहरु, सरकारी तथा गैह्रसरकारी संस्थाहरु समेत पर्दछन् । केहि महानुभावहरुले दराज, कम्युटर, पत्रपत्रिका (स्पोन्सर) आदि आवश्यक सामग्रीहरु प्रदान गरेर पुस्तकालयलाई थप मजबुत बनाउन ठोस योगदान पुगेको पनि प्रष्ट छ । स्मरण रहोस, यो पुस्तालय स्थपना भए लगत्तै हङकङमा कार्यरत लिम्बू महानुभावहरुका तर्फवाट रु २०,००० सहयोग प्राप्त भएको थियो ।

४. पुस्तकालयको हालको अवस्था
नेपालमा उपलब्ध हालसम्म कै ‘आधुनिक र वैज्ञानिक लाइब्रेरी ब्यवस्थापन’ विधि अनुसार ‘लिम्बुवान पुस्तकालय’ ब्यवस्थित गरिएको बारे माथि (परिच्छदे–२मा) नै जानकारी भइसकेको छ । यस पुस्तकालयमा लगभग ६५० (हार्ड कपि) पुस्तकहरु बाह्रवटा दराजहरुमा ब्यवस्थित गरिएका छन् भने लगभग १,५०० वटा इलेट्रोनिक पुस्तकहरु पनि पुस्तकालयको वेभ–साइटमा उपलब्ध छन् । पुस्तकालय कक्षमा सिसी टिभी जडान हुने समेत सुनिश्चित भइसकेको छ । ‘लिम्बुवान पुस्तकालय’लाई दिगो ब्यवस्थापन गर्ने दिर्घकालिन सोँच राखेर अक्षय कोषको लागि विऊ पूँजी (seed money) स्वरुप रु.१,००,००० मुद्दति खातामा जम्मा भइसकेको अवस्था छ ।

५. पुस्तकालय दिगो ब्यवस्थापन सम्बन्धि समस्या
पुस्तकालय ज्ञानको भण्डार मात्र हो, तर नाफामूलक ब्यवसाय भने होइन भन्ने कुरा घाम जतिकै छ्याङ्ग छ । अर्को तर्फ, समाज परिवर्तनशील छ, त्यहि अनुरुप ‘ज्ञानको क्षेत्र तथा दायरा’ पनि समयको गति र समाजको परिवर्तनसंगै बदलिई रहन्छन् । परिवर्तनको वेगसंगै समय सापेक्ष तथ्यमा आधारित ‘नयाँ र ताजा ज्ञान उत्पादन’ हुनेक्रम निरन्तर जारी नै रहन्छ । ‘लिम्बुवान पुस्तकालय’ले पनि जमाना अनुसारको नयाँ ज्ञानको ‘श्रोत–भण्डार’ जुटाइदिन र समय अनुकूल आइलाग्ने मागको सम्बोधन गर्न सक्षम नभइ रहन मिल्दैन । त्यसैले, नयाँ पुस्तक खरिद तथा समय समयमा पुस्तकालय पुनःब्यवस्थापन अवछिन्न चलिरहने प्रकृया हुन् । साथै पुस्तकालय दैनिक संचालन खर्च पनि सधैँ भइनै रहन्छ । यी कार्यहरुका लागि समय समयमा लगानी गरिरहनु पर्ने अवस्था अनिवार्य हुन्छ । पुस्तकालयले आम्दानी गर्ने अवस्था भने छैन । ‘लिम्बुवान पुस्तकालय’ले स्थानीय, प्रदेश तथा संघिय सरकारवाट प्राप्त हुन सक्ने अनुदानमा ‘लिम्बुवान पुस्तकालय’ले पहुँच पु¥याउन सकेको अवस्था पनि आज प्रर्यन्त छैन ।

६. पुस्तकालय दिगो ब्यवस्थापनको लागि प्रस्तावित योजना
पुस्तकालयको संचालन दिगो बनाउन अपवाद विविध खर्च बाहेक अनिवार्य तीन शिर्षकमा लगानी निरन्तर गरिरहनु पर्ने हुन्छ । (क) नियमित संचालन खर्च, (ख) समयको माग अनुसार नयाँ पुस्तक खरिद र (ग) हरेक दुई वर्षमा पुस्तकालय पुनःब्यवस्थापन परामर्श खर्च समेत गरेर बार्षिक करीब रु.१ लाख सम्म लाग्ने हँुदा १० लाख रुपैँयासम्मको ‘अक्षय कोष’ खडा गर्न सकेमा ‘लिम्बुवान पुस्तकालय’ सहज ढंगले निरन्तर सञ्चालित हुनेछ । रु.१० लाख रकम जुट्न सके, यो पुस्तकालय दिर्घकालिन रुपमा आत्मनिर्भर बनिने कुरामा दुविधा छैन । लिम्बुवान अध्ययन केन्द्रको सञ्चालक समितिको ‘सोँच र निर्णय’ पनि यही रहेको छ ।

७. पुस्तकालय दिगो ब्यवस्थापन अक्षय कोषका लागि लक्षित दाताहरु
देशभित्र र विदेशमा रहेका ‘शिक्षप्रेमी तथा मनकारी’ लिम्बु दाजुभाई तथा दिदी–वहिनीहरुको विगतमा लिम्बुवान अध्ययन केन्द्रप्रति सकारात्मक भएर आर्थिक, भौतिक र मानवीय सहयोग गर्नु भएकोे यथार्थप्रति कृतज्ञता जाहेर गर्दै यहाँहरुको सहयोगप्रति ‘केन्द्र’ आभारी छ । यो पुस्तकालय दिगो ब्यवस्थापन ‘अक्षय कोष’ निर्माण गर्ने पहलमा पुनः यहाँहरुलाई लक्षित दाता ठान्न पाउदा लिम्बुवान अध्ययन केन्द्र गौरव गर्दछ । साथै ‘उदार र दानशील’ भई सकेको सहयोग गर्न विनम्र अनुरोध गर्दछ।

८. प्रस्तावित अक्षय कोषमा लागुहने अनिवार्य सर्त
दान वा चन्दाबाट प्राप्त रकम मुद्दति खाता खोलेर बैँकमा राखिने छ । यो कोषको ‘मूलधन’ खर्च गर्न पाइने छैन । सो राशीवाट प्राप्त ब्याजको १० प्रतिशत समेत अनिवार्य मूलधनमा थपेर मुद्दति खाता पुन नविकरण गर्दै निरन्तर लगिने छ । मितब्ययिताको कारण रकम वचत हुन सकेको खण्डमा, सो वचत भएको राशी पनि मूलधनमा थपिने छ । जसवाट ‘मूलधन’ हरेक वर्ष स्वत बढोत्तरी हुदै जान सक्नेछ । यहाँ वर्णन गरिएका प्रावधानहरु समेटेर लिम्बुवान लाइव्रेरी दिगो ब्यवस्थापन कोष परिचालन विनियमावली समेत बनाउन सकिने छ ।

९. अक्षय कोष संकलन अभियानको अपिल
लिम्बू दाजुभाई तथा दिदी–वहिनीहरुका साथ र सहयोगवाट ‘लिम्बुवान पुस्तकालय’लाई समय अनुकूल परिमार्जित र दिगो ब्यवस्थापन गरेर लिम्बू समुदायका मानिसहरुको वौध्दिक विकासको एक साझा मञ्चको रुपमा स्थापित गरेर यसलाई आगामी पुस्ताको लागि समेत ‘ज्ञान–श्रोतको भण्डार’ हुन सक्ने बनाउनु तपाइँ हामी सवैको कर्तब्य हो । यस अभियानमा सकेको सहयोग गर्न आह्वान समेत गरिन्छ । रु.२०,००० भन्दा माथि सहयोग गर्नेको नामावली धातुपत्रमा लेखेर पुस्तकालय कक्षको भित्तामा सजाएर राखिने छ र अन्य ‘सवै सहयोग दाताको नाम सूची’ लिम्बुवान अध्ययन केन्द्रको website मा प्रकाशित गरिने छ ।

अन्त्यमा, यस पुस्तकालयलाई दिगो रुपमा ब्यवस्थित गर्न सबैले टेकोपुँडो गर्न तथा गराउन यस ‘प्रस्ताव अपिल’ मार्फत ‘उदार तथा दानशील’ महानुभावहरुमा लिम्बुवान अध्ययन केन्द्रको तर्फवाट विन्ती विसाइएको छ । हामी सवैको प्रयत्नमा ‘लिम्बूवान पुस्तकालय’लाई लिम्बूवानसंग जोडेर ‘विश्वलाई चियाउने झ्याल’ जस्तै बनाउन सकौँ भन्ने यस लिम्बूवान अध्ययन केन्द्रको दिर्घकालिन सोँच आत्मसात गर्न पनि अनुरोध छ ।

विस्तृत जानकारीका लागि ः
लिम्बुवान अध्ययन केन्द्र
फोन नं. ः ०१–५१७०१२३/ 9841365740
इमेल ः limbuwanstudies@gmail.com