Bisnudatta Saraswati Academic Fund

 Bisnudatta- Saraswati Aangbuhang Academic Fund

 The Limbuwan Study Center (LSC) has received endowment of NCR 3,000,000 (Approximately USD30,000) from Mr. Bishnu Dutta Angbuwang and his wife Ms. Saraswati Karki under their joint names as  Bishnu Dutta- Saraswoti Angbuhang Academic trust fund. The endowment is expected to yield income of more or less NCR 160,000 per year. There is a provision that 10% of income from interest of that trust-fund requires to be added over the principal amount to make the endowment-fund ever increasing. Likewise, it has 10% spending limit for operation cost. Then, this would provide roughly NCR100,000 of available annual income for LSC to invest for accomplishing the mutual and determined objectives by both donor and LSC through this scheme. The endowment donors strictly have set  condition to spend this money for two purposes – a) an academic award with Rs.100,000 in every two years to honor any writer for the best book publication and remaining portion of the income is supposed to expend for b) research grant on a merit-based or need-based scholarship. The designations of those awards are – (i) Bishnu Dutta- Saraswoti Angbuhang Academic award and (ii) Bishnu Dutta-Saraswoti Angbuhang research fellowship. For both awards, LSC requires to form a selection committee based on its sub-regulation related to Bishnu Dutta- Saraswoti Angbuwang Academic Trust Fund-2016. The selection committee disseminates advertisement through media for above mentioned award and fellowship applications in due course of time. With the increase of income from this trust fund, LSC will revise the amount of awards accordingly.

  1. विष्णुदत्त–सरस्वति आङबुहाङ अनुसन्धानवृति – २०८०

विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति – २०८० अनुसन्धान प्रस्तावना सम्वन्धि सूचना

( प्रकाशित  मिति २०८० कार्तिक १७ (नोभेम्बर ३, २०२३ )

लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित र व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट याक्थुङ/लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– २०८० प्रदान गरिने भएकोले योग्यता पुगेको इच्छुक अनुसन्धाताहरू/संस्थाले लिम्बुवान अध्ययन केन्द्रको website: limbuwanstudies.org मा दिइएको अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित वा इमेल मार्फत एक प्रति MS Word/Pdf file मा मिति २०८० मंसिर २१ गतेसम्म (तदनुसार, डिसेम्बर ७, २०२३) अनुसन्धान प्रस्तावना पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

. अनुसन्धानवृत्तिमा सहभागिताका न्यूनतम योग्यता

(क) कुनै विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको तह उत्तीर्ण व्यक्तिहरू अनुसन्धानवृत्तिका लागि योग्य हुनेछन् । वा,      स्वअध्ययन गरी अध्ययन तथा अनुसन्धान क्षेत्रमा दक्षता हासिल गरेका व्यक्ति अनुसन्धानवृत्तिमा सहभागी हुन योग्य हुनेछन् ।

(ख) अनुसन्धानवृत्तिका लागि समूहको हकमा (क) बुँदामा उल्लेख भएका व्यक्ति मुख्य अनुसन्धनकर्ता हुनुपर्नेछ भने सहायक अनुसन्धानकर्ता कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनु पर्दछ ।

(ग) अनुसन्धानवृत्तिका लागि स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताहरू सहभागी हुन सक्नेछन् ।

. अनुसन्धानको प्राथमिकता क्षेत्र (Priorities of the Research)

(क) याक्थुङ/लिम्बू र लिम्बुवान क्षेत्रको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा

(ख) अस्तित्वमा रहेको लिम्बूजातिको मौलिक ज्ञान

(ग) लिम्बू जातिको मौलिक संस्कृति, धर्म र परम्परा

(ङ) लिम्बू जाति र अरु धर्म र संस्कृतिबीचको पारस्पारिक अन्तरसम्बन्ध

(च) लिम्बू जातिको थरगत विविधता, थात्थलो र बसोबास क्षेत्र

(छ) लिम्बूजन्य खाद्य संस्कृति तथा वनस्पति

(ज) लिम्बूजन्य पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू

(झ) लिम्बू जाति र लिम्बुवान सम्बद्ध आर्थिक तथा प्राकृतिक स्रोत–साधन

(ञ) लिम्बू जाति र लिम्बुवान सम्बद्ध नवीकरणीय उर्जा

(ट) लिम्बू जाति र लिम्बुवान सम्बद्ध पर्यटकीय क्षेत्र

(ठ) लिम्बू जाति तथा लिम्बुवानको भाषा, साहित्य, संस्कृति, इतिहास, धर्म, राजनीति, भूमि, शैक्षिक सवाल, अर्थव्यवस्था र महिला एवम् लैङ्गिक सवाल आदि ।

पुनश्चः विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति प्रत्येक बर्ष जनही रु.७५,०००/ (रु. पचहत्तर हजार) का दरले दुइ जना अनुसन्धातालाई प्रदान गरिने छ ।

लिम्बुवान अध्ययन केन्द्र

ललितपुर चुम्लुङ्हिम, ललितपुर१४

इमेल: limbuwanstudies@gmail.com

मोबाइल फोन नम्बरहरूः  ९८४१३६५७४०, ९८४१९८०२२१, ९८१३३५७८५७

विस्तृत जानकारीका लागि अनुसन्धान प्रस्तावना निर्देशिका  हेर्नु होस :

अनुसन्धान-प्रस्तावना-निर्देशिका.pdf

  1.  विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति–२०७६

किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित र व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति–२०७६ प्रदान गरिने भएकोले इच्छुक अनुसन्धानकर्ताहरुले अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार (कार्यालयमा सम्पर्क गरी) आवश्यक कागजपत्रसहित सूचना प्रकाशित भएको मितिदेखि २०७६ साउन ३२ गतेसम्म अनुसन्धान प्रस्तावना पेश गर्न सकिने छ ।

विस्तृत जानकारीका लागि अनुसन्धान प्रस्तावना निर्देशिका हेर्नु होस :

अनुसन्धान प्रस्तावना निर्देशिका pdf

2. विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति–२०७५

लिम्बुवान अध्ययन केन्द्रद्वारा सन्चालित तथा व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष – २०७३ अन्तर्गत अनुसन्धाताहरुलाई यस बर्ष प्रदान गरिने विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति–२०७५ लागि अनुसन्धान प्रस्ताव आह्वान वि.सं. २०७५ श्रावण २ गतेको नागरिक दैनिक पत्रिका, लिम्बुवान अध्ययन केन्द्रको वेवसाइट लगायत सोसियल मेडियाहरुमा सूचना प्रकाशित गरि सकिएको छ । उक्त अनुसन्धानवृतिका लागि अनुसन्धान प्रस्ताव पेश गर्न इच्छुक अनुसन्धाताहरुले प्रस्ताव लेखनका समयमा ध्यान दिनु पर्ने विषयहरुलाई निम्न बमोजिम बुँदागत रुपमा राखिएको छ ।

अनुसन्धान प्रस्ताब पेश गर्दा ध्यान दिनु पर्ने विषयहरु विस्तृत जानकारीको लागि डाउनलोड गर्न सक्नु हुनेछ ।

अनुसन्धान प्रस्ताब पेश गर्दा ध्यान दिनु पर्ने विषयहरुpdf

3. विष्णुदत्त–सरस्वति आङ्बुहाङ प्राज्ञिक पुरस्कार –२०७५

विष्णुदत्त–सरस्वति आङ्बुहाङ प्राज्ञिक पुरस्कार लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरुमा प्रकाशित मौलिक कृतिहरुलाई प्रदान गरिनेछ । यस प्राज्ञिक पुरस्कारको लागि मौलिक कृति पेश गर्न इच्छुक कृतिका लेखक÷प्रकाशक र अनुसन्धानकर्ताहरुले निम्न उल्लेखित वेवसाइट ठेगानामा गइ निवेदन फारम डाउनलोड गर्न सक्नु हुनेछ । साथै, कृति पेश गर्ने प्रक्रियाका बारेमा विस्तृत जानकारी प्राप्त गर्नु हुनेछ।

निवेदन फारम ( विष्णुदत्त–सरस्वती आङ्बुङ प्राज्ञिक पुरस्कार)