विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति – २०८० अनुसन्धान प्रस्तावना सम्वन्धि सूचना
(प्रकाशित मिति २०८०/०७/१७)
लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित र व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट याक्थुङ/लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– २०८० प्रदान गरिने भएकोले योग्यता पुगेको इच्छुक अनुसन्धाताहरू/संस्थाले लिम्बुवान अध्ययन केन्द्रको website: limbuwanstudies.org मा दिइएको अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित वा इमेल मार्फत एक प्रति MS Word/Pdf file मा मिति २०८० मंसिर २१ गतेसम्म (तदनुसार डिसेम्बर ७, २०२३) अनुसन्धान प्रस्तावना पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
१. अनुसन्धानवृत्तिमा सहभागिताका न्यूनतम योग्यता
(क) कुनै विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको तह उत्तीर्ण व्यक्तिहरू अनुसन्धानवृत्तिका लागि योग्य हुनेछन् । वा, स्वअध्ययन गरी अध्ययन तथा अनुसन्धान क्षेत्रमा दक्षता हासिल गरेका व्यक्ति अनुसन्धानवृत्तिमा सहभागी हुन योग्य हुनेछन् ।
(ख) अनुसन्धानवृत्तिका लागि समूहको हकमा (क) बुँदामा उल्लेख भएका व्यक्ति मुख्य अनुसन्धनकर्ता हुनुपर्नेछ भने सहायक अनुसन्धानकर्ता कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनु पर्दछ ।
(ग) अनुसन्धानवृत्तिका लागि स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताहरू सहभागी हुन सक्नेछन् ।
२. अनुसन्धानको प्राथमिकता क्षेत्र (Priorities of the Research)
(क) याक्थुङ/लिम्बू र लिम्बुवान क्षेत्रको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा
(ख) अस्तित्वमा रहेको लिम्बूजातिको मौलिक ज्ञान
(ग) लिम्बू जातिको मौलिक संस्कृति, धर्म र परम्परा
(ङ) लिम्बू जाति र अरु धर्म र संस्कृतिबीचको पारस्पारिक अन्तरसम्बन्ध
(च) लिम्बू जातिको थरगत विविधता, थात्थलो र बसोबास क्षेत्र
(छ) लिम्बूजन्य खाद्य संस्कृति तथा वनस्पति
(ज) लिम्बूजन्य पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू
(झ) लिम्बू जाति र लिम्बुवान सम्बद्ध आर्थिक तथा प्राकृतिक स्रोत–साधन
(ञ) लिम्बू जाति र लिम्बुवान सम्बद्ध नवीकरणीय उर्जा
(ट) लिम्बू जाति र लिम्बुवान सम्बद्ध पर्यटकीय क्षेत्र
(ठ) लिम्बू जाति तथा लिम्बुवानको भाषा, साहित्य, संस्कृति, इतिहास, धर्म, राजनीति, भूमि, शैक्षिक सवाल, अर्थव्यवस्था र महिला एवम् लैङ्गिक सवाल आदि ।
पुनश्चः विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति प्रत्येक बर्ष जनही रु.७५,०००/ (रु. पचहत्तर हजार) का दरले दुइ जना अनुसन्धातालाई प्रदान गरिने छ ।
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङ्हिम, ललितपुर–१४
इमेल: limbuwanstudies@gmail.com
मोबाइल फोन नम्बरहरूः ९८४१३६५७४०, ९८४१९८०२२१, ९८१३३५७८५७