Tracing ‘Migratory Origins’ and Ancient History of the Gurungs विषयक अन्तरक्रियात्मक कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रले विभिन्न विषयका अध्येता तथा विज्ञहरुलाई आमन्त्रित गरी अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौ । आगामी कार्यक्रम निम्नानुसार सम्पन्न हुने भएकोले सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
विषयः Tracing ‘Migratory Origins’ and Ancient History of the Gurungs प्रस्तोता ः टेक बहादुर गुरुङ, पिएचडी ।
(डा गुरुङले चिनको सिचुवान प्रान्तको छन्तु शहर स्थीत सिचुवान विश्वविद्यालयबाट इतिहास शास्त्रमा ‘Understanding the Ethnic History of Nepal: A Case Study of the Gurung’ विषयमा पिएचडी उपाधी हासिल गर्नु भएको हो । संयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रम (युएनडिपि) को कार्यक्रम अधिकृतको रुपमा समेत कार्य गर्नु भएका डा. गुरुङ हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा स्वतन्त्र परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्छ ।)
मिति, समय र स्थान
मितिः २०७६ पुष २७ गते (जनवरी १२, २०२०), आइतबार ।
समयः दिनको २ बजे ।
स्थानः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर¬– १४ ।