लिम्बुवान अध्ययन केन्द्रले विभिन्न विषयका अध्येता एवम विज्ञहरुलाई आमन्त्रित गरी छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौं । आगामी छलफल कार्यक्रम निन्नानुसार सम्पन्न हुने भएकोले सहभागिताका लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
१. विषय ः सुचना प्रविधिको विकास र प्रभाव
प्रस्तोता ः भवानी बराल, वरिष्ठ पत्रकार
मोडरेटर ः विष्णु सिङघक
२. विषय ः लिम्बु/याक्थुङहरुको इप्पुङदेन (समाधिस्थल) अतिक्रमणबाट सृजित सांस्कृतिक पहिचानमा खतारा
प्रस्तोता ः चन्द्रकला लिबाङ, अनुसन्धाता
मोडरेटर ः डा.कमल तिगेला
३. विषय ः लिम्बुवान आन्दोलनको अवस्था र चुनौति ः प्रदेश नं १ नामाकरण आन्दोलन
प्रस्तोता ः प्रेम येक्तेन, अध्यक्ष किरात याक्थुङ चुम्लुङ
मोडरेटर ः भगिराज इङनाम
मिति, समय र स्थान
मिति ः २०७९ असोज २ गते (सेप्टेम्बर १८, २०२२)
समय ः दिनको २ बजे
स्थान ः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी ललितपुर – १४ ।