विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार र अनुसन्धानवृत्ति सम्वन्धि सूचना
किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्र अन्तर्गत स्थापित विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा प्रकाशित मौलिक कृतिहरूलाई प्रतिष्पर्धात्मक छनौटको आधारमा रु. १,००,०००/- को प्राज्ञिक पुरस्कार प्रदान गरिने र यसका अतिरिक्त उपरोक्त विषयहरूमा अनुसन्धानवृत्ति समेत प्रदान गरिने हुँदा क्रमशः इच्छुक कृतिका लेखक÷प्रकाशक र अनुुसन्धानकर्ताहरूले निम्न ठेगानामा निवेदन फारम डाउनलोड गरी वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित सूचना प्रकाशित भएको मितिदेखि २०७५ साउन ३१ गतेसम्म निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
सम्पर्क :
लिम्बुवान अध्ययन केन्द्र
शोभाहिटि, ललितपुर
फोन नं. ः ०१–५१७०१२३
www.limbuwanstudies.org