विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति – २०८१ अनुसन्धान प्रस्तावना अह्वान सम्वन्धि सूचना
(प्रकाशित मिति २०८१/०५/२६)
लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट याक्थुङ/लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति–२०८१ प्रदान गरिने भएकोले योग्यता पुगेको इच्छुक अनुसन्धानकर्ताहरू/संस्थाले लिम्बुवान अध्ययन केन्द्रको website: limbuwanstudies.org मा दिइएको अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित वा इमेल मार्फत एक प्रति MS Word/Pdf file मा मिति २०८१ आश्विन ३० गतेसम्म अनुसन्धान प्रस्तावना पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
विस्तृत जानकारीका लागि अनुसन्धान प्रस्तावना निर्देशिका हेर्नु होस :
अनुसन्धान-प्रस्तावना-निर्देशिका-–-२०८१-3.pdf
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङ्हिम, ललितपुर–१४
E-mail: limbuwanstudies@gmail.com