लिम्बुवान अध्ययन केन्द्रको साधारण सभा (दोश्रो अधिवेशन) सम्बन्धी सूचना
कियाचु, लिम्बुवान अध्ययन केन्द्रको मिति २०८०/१२/०२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार साधारण सभा (दोश्रो अधिवेशन) निम्न एजेण्डाहरुमा छलफल र पारित तथा नयाँ सञ्चालक समितिको निर्वाचन गरिने भएको हुँदा निम्न मिति, समय र स्थानमा सम्पूर्ण संरक्षक, आजिवन र सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गर्दछौ ।
एजेण्डाहरू ः
१. सञ्चालक समितिको प्रगति प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने सम्बन्धमा
२. सञ्चालक समितिको आर्थिक प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने सम्बन्धमा
३. विविध
४. सञ्चालक समितिको निर्वाचन
मिति, समय र स्थानः
मितिः २०८० चैत्र २६ गते सोमबार (सन २०२४ अप्रिल ०८)
समयः ११.०० बजे
स्थानः लिम्बुवान अध्ययन केन्द्रको कार्यालय, ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर ।
(नोटः भौतिक रुपमा उपस्थित हुन असमर्थ सदस्यहरूको लागि जुमबाट सहभागि हुने व्यवस्था गरिनेछ ।)