लिम्बुवान अध्ययन केन्द्रको लाइव्रेरी विधिवत रुपमा उद्घाटन
ललितपुर, नेवाः । किरात याक्थुङ चुम्लुङको विषयगत सङ्गठन कियाचु लिम्बुवान अध्ययन केन्द्रको पुस्तकालय -लाईब्रेरी_ पूर्व कुलपती बैरागी काइँलाद्वारा असोज ४ गते विधिवत रुपमा उद्घाटन भएको छ । केन्द्रका अध्यक्ष अर्जुन लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लाइब्रेरीयन विज्ञ अरुण राई, लिम्बुवान लाईव्रेरी स्थापना सहयोग समूह सिङ्गापुरका प्रतिनिधि राजन लाबुङ, कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष येहाङ लावती, कियाचु ललितपुर जिल्लाका अध्यक्ष राम बखिम, केन्द्रीय अध्यक्ष योगराज वनेम लिम्बू, र प्रमुख अतिथी बैरागी काइँलाको उपस्थिति रहेका थियो । लिम्बुवानका भाषा, लिपी, कला, संस्कृति, साहित्य, सङ्गीत, इतिहास, परम्परा, राजनीति, सामाजिक, आर्थिक शैक्षिक पक्षको अध्ययन अनुसन्धान गर्दै लिम्बुवानसँग सम्बद्व अन्य सामाजिक मुद्दाहरुमा अध्ययन अनुसन्धान गर्न सहयोग पु¥याउने उद्देश्यले लिम्बुवान लाईव्रेरी स्थापना भएको केन्द्रले जानकारी गरायो ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथी काइँलाले लिम्बुवान स्टडी सेण्टरलाई कियाचुले राम्रो स्पेस दिएको, सहयोगी हातहरुले राम्रो सहयोग गरेको र लिम्बुवान स्टडी सेन्टरका पदाधिकारी सदस्यहरुको निरन्तर प्रयासले यो ज्ञानको भण्डार बन्न सफल भएको बताउनु भयो । ब्रिटिस ईन्डिया लाईब्रेरिको चर्चा गर्दै अत्याधुनिक प्रविधिमा जानै पर्ने आजको आवश्यकता औल्याउँदै लिम्बू र लिम्बुवानसँग सम्बन्धित तथ्य र तथ्यांकहरुको सङ्कलन लाइब्रेरीले गर्ने कुरामा विश्वास गर्नु भयो । इतिहास लेख्न खोज्ने तर तथ्यहरुको मिहिन अध्ययन नगर्ने, अघिल्ला पुस्ताले जोडेको इतिहास गहन अध्ययन विना एक दुइटा कागजको आधारमा ठाडै अस्विकार गर्न नहुने, ती प्रमाणहरुलाई एकापसमा भिडाएर मात्र निश्कर्षमा पुग्नु पर्ने कुरामा जोड दिनु भयो । तत्कालका प्रकाशनहरु बजारमा पाइन्छन् तर ऐतिहासिक कागजातहरु खोज अनुसन्धान गरी सङ्कलन गर्नुपनर्,े सम्भव नभए फोटोकपी गरेर भए पनि प्रतिलिपी राख्नुपर्ने केन्द्रलाई जिम्मेवार बोध गराउँनु भयो । साथै, आफूसँग भएको पुराना दस्तावेजहरु दिने लाईव्रेरीलाई उपलब्ध गराउने प्रतिवद्वता पनि दिनुभयो ।
बोल्ने क्रममा नै उहाँले किरातदेखि येले सम्बतसम्मको लेख आफुले लेखेको अनुभव सुनाउँदै ‘ब्युटी इज ट्रुथ, आफ्नो हाइपोथेसिस भएको बताउनु भयो । वि.स= १८३१ को लालमोहरको कुरा गर्दै कानुनी लडाई लड्नेमा लिम्बू अगाडि रहेको बताउनु भयो । लालमोहर, रुक्का, इस्तिहार कति सक्कल छन ? स्क्यान गरेर राख्न आवस्यक छ भन्नू भयो । हड्सनको स्रोत ब्याक्ती कति भर पर्दा हुन ? उनले आफै खोजेका भन्दा मानिस बोलाएर लेखाएका हुन । वि.स. १८१४ को लालमोहरको जाँचबुझ हुन आवस्यक छ । आगमी दिनमा अध्ययन केन्द्रले दिने बिद्धतवृति लिम्बूको इतिहासको लेखन पुनर्लेखन गर्ने तर्फ प्रदान गरिनु पर्ने र सबै मिलेर यस तर्फ लाग्नु पर्ने जोडमा दिनुभयो ।
यस पुस्तकालयले २÷४ वर्षदेखि विद्यार्थी, अनुसन्धानकर्ता, पाठक आदिलाई सेवा दिदैँ आइरहेको छ । पछिल्लो समय पुस्ताकालयले, डिजिटल लाईब्रेरिको ब्यबस्था समेत गरेको छ । कार्यक्रममा केन्द्रका कोषध्यक्ष डम्बर तेम्बेले लाईब्रेरी व्यवस्थापनको आर्थिक गतिविधि सुनाउँदै अझ थप व्यवस्थित गर्नका लागि काम बाकीँ रहेको बताउनु भयो । लाइब्रेरीको आर्थिक व्यवस्थापनका लागि ‘लिम्बुवान लाइब्रेरी स्थापना सहयोग समूह सिङ्गापुर–२०७३’ ले ५,१३,०००।– -पाँच लाख तेह्र हजार रुपैया मात्र_ सहयोग गरेको तेम्बेले जानकारी दिनु भयो ।
कार्यक्रमममा उक्त सहयोग समूहका सदस्य राजन लाबुङ प्रतिनिकिो रुपमा उपस्थित हुनुभएको थियो । उहाँले लिम्बू समुदाय राज्यको हरेक कुराबाट पिछडीएको हुँदा यस्ता स–साना कुराहरुले चुनौति दिदैँ अगाडि बढ्नु पर्ने जोड दिनुभयो । जुन उद्देश्यले केन्द्रलाई लाइब्रेरी व्यवस्थापनका लागि सिङ्गापुरमा कार्यरत १८ जनाले रकम सङ्कलन गरेको थियो । त्यहीँ उद्देश्य अनुरुप लाइवे्ररी स्थपना गर्न सफल भएकोमा आफ्नो सपना साकार भएको खुशी व्यक्त गर्दै भोलिका दिनहरुमा पनि अझ थप व्यवस्थित गर्नको लागि सहयोग गर्ने प्रतिवद्वता समेत दिनुभयो । त्यस्तै लाइब्रेरीयन विज्ञ अरुण राईले व्यवस्थित रुपमा भण्डार गरी राखेको ठाउँलाई पुस्तकालय भनिएता पनि अहिलेको आधुतिक युगमा यो परिभाषा ज्यादै पुरानो र असान्र्द्िभक भएको बताउँदै आजको सन्र्दभमा पुस्तकालय स्वयम खुल्ला पुस्तकालय बनेको जसले जति आवश्यक छ त्यति पुस्तकालयको उपभोग गर्ने एउटा ज्ञान सामग्रीको भण्डार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष येहाङ लावती लिम्बूले इतिहास, भाषा, लिपी, संस्कार, संस्कृति, धर्म सम्बन्धी स–साना कुराहरुलाई पनि सङ्कलन गर्न आग्रह गर्दै भोलिको दिनमा जसले कसैको खोज, अनुसन्धानमा काम दिन सक्ने कुरा व्यक्त गर्नु भयो । त्यसै गरी आफ्नो भनाई राख्ने क्रममा नै कियाचुको केन्द्रीय अध्यक्ष योगराज वनेमले अध्ययन केन्द्रले लिम्बूसँग सम्बन्धीत जानकारीहरु अनलाइबाट सूचना दिनु आफैमा ऐतिहासिक रहेको बताउँदै २०४६ सालबाट कियाचुले सङ्कलन गरेको पुस्तकहरु अध्ययन केन्द्रलाई संरक्षणको गर्न दिइसकेको र यसलाई व्यवस्थित गर्न थप छलफल गर्ने बताउँनु भयो । अनुसन्धानकर्ता, अध्येता, विद्यार्थीहरुलाई अध्ययन व्यवस्थापनका लागि एउटा उपयुक्त केन्द्र बनेको कुरा समेत व्यक्त गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा केन्द्रका अध्यक्ष अर्जुन लिम्बूले लामो समयदेखि उद्घाटनको प्रक्रियामा रहेको लाईब्रेरी प्राविधिक कारणले उद्घाटन हुन नसकेको र अहिले आएर सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यो विशिष्ट खालको लाइब्रेरी भएकोले सम्पूर्ण अध्ययन सामग्रीहरुलाई समेट्न नसक्ने बताउँनु भयो । यस लाईव्रेरीमा विशेषगरी लिम्बू, लिम्बुवान र आदिवासीहरुसँग सम्बन्धीत भाषा, लिपी, धर्म, संस्कार, संस्कृति आदि सम्बन्धि पुस्तकहरु लाइब्रेरीमा सङ्कलनमा रहेको बताउनु भयो । केहीँ पुराना कागजातहरु पनि फोटोकपी गरी राखेको जानकारी गराउँदै भोलिको दिनमा खोज, अनुसनधान गरी ऐतिहासिक कागजातहरु सङ्कलन गर्ने प्रतिवद्वता जनाउनु भयो । लाईव्रेरी स्थापनाको लागि आर्थिक सहयोग गर्ने सिङ्गापुरमा कर्यरत साथीहरु तथा पुस्तकहरु उपलब्ध गराउनु हुने लेखक तथा प्रकाशकहरुप्रति आगमी दिनहरुमा सहयोग निरन्तर प्राप्त हुने विस्वास गर्दै धन्यवाद दिनु भयो । त्यसैगरी अध्ययन केन्द्रलाई १० वर्षको लागि नेपाली दैनिक पत्रिका गोरखापत्र प्रायोजन गरिदिनु हुने चक्र प्रसाद लिङ्देन लिम्बूलाई केन्द्रले धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रममा स्वागत मन्तब्य केन्द्रका उपाध्यक्ष खगेन्द्र जबेगुले राखेका थिए ।