लिम्बुवान अध्ययन केन्द्रको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार– २०७५’ सम्बन्धी सूचना !
December 18, 2018नेपालको राजनैतिक इतिहास, किरात र लिम्बुवानमा प्रष्टता विषयक अन्तर्कृयात्मक कार्यक्रम
January 27, 2019लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त आङ्बुहाङ र श्रीमति सरस्वती आङ्बुहाङबाट स्थापित ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ लिम्बू र लिम्बुवान सम्बन्धी विविध विषयमा अध्ययन–अनुसन्धानकर्ताहरूलाई ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धान वृत्ति’ प्रदान गर्दै आएकोमा यसवर्ष (वि.स.२०७५) प्राज्ञिक पुरस्कार तथा अनुसन्धानवृत्ति छनौंट समितिको सिफारिस अनुसार निम्नानुसारका अध्येताहरूलाई तपशीलको अध्ययन शिर्षकमा प्रदान गर्ने निर्णय सूचित गरिन्छ ।
तपशीलः
१ श्री लाख बहादुर पालुङ्वा: Indigenous Economy in Limbu Community: A Case Study of Dokhu Village, Taplejung.
२ श्री राज माङ्लाक र श्री इन्दु फोम्बो: पान्थर र चौबिस थुम्को लिम्बू भाषामा नाम रहने प्रक्रिया र अप्रभ्रंसका आधारहरूको अध्ययन ।
नोटः अनुन्धानवृत्ति प्रत्येक अनुसन्धान शिर्षकमा रू.७५,०००।– (पचहत्तर हजार रुपैयाँ) रहको छ ।