प्राज्ञिक लेखनमा सम्पादन तथा समिक्षा
June 6, 2018विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार र अनुसन्धानवृत्ति सम्वन्धि सूचना
July 19, 2018‘याक्थुङ पोक्लाबुङ लदा’ (मुन्धुममा सृष्टि) विषयक अन्तरक्रियात्मक प्रवचन कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रद्वारा लिम्बुहरुको मुन्धुम, धर्म, संस्कार, संस्कृति विषयमा वहस छलफल गर्न मुन्धुम वहस श्रृङ्खला आयोजना गर्दै आएको सर्व विदितै छ । यसै सन्र्दभमा यस पटकको मुन्धुम वहस श्रृङ्खला अन्र्तगत मुन्धुमविद लक्ष्मण मेन्याङ्बोको ‘याक्थुङ पोक्लाबुङ लदा’ (मुन्धुममा सृष्टि) विषयमा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकोले सबैमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
प्रस्तोतकर्ता : लक्ष्मण मेन्याङ्बो
(‘याक्थुङ मुन्धुम’ र ‘लिम्बू मृत्य संस्कारहरु’ का लेखक)
मिति, समय र स्थान
मिति : २०७५÷०३÷३२ गते सोमबार
समय : २ बजे
स्थान : लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङहिम, ललितपुर – १४, ललितपुर