विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वितरण समारोह
निमन्त्रणा–पत्र
श्री विष्णुदत्त आङबुहाङ र श्रीमति सरस्वती आङबुहाङ कार्कीद्वारा स्थापित तथा कियाचु, लिम्बुवान अध्ययन केन्द्रबाट सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष– २०७३ अन्तर्गत व्यवस्थीत विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार लिम्बु र लिम्बवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमा मौलिक, खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई रु. १ लाख पुरस्कार प्रमाण–पत्र सहित प्रदान गरिने सहर्ष जानकारी गराउँदै उक्त विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वर्ष २०७५ “लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान)” कृतिका लागि लेखक श्री विजय लुङफुङवा लिम्बु र विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वर्ष २०७८ ‘‘Delinking, Relinking, and Linking Writing and Rhetorics: Inventions and Interventions of the Sirijanga Syllabary” कृतिका लागि लेखक श्री डा. मारोहाङ लिम्बु (याक्थुङ) लाई पुरस्कृत गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह आयोजना गरिएको हुँदा सो समारोहमा उपस्थितीका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति, समय र स्थान
मिति ः २०७९/०२/२० गते शुक्रबार
समय ः दिनको १.०० बजे
स्थान ः ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर ।
आयोजक ः लिम्बुवान अध्ययन केन्द्र