विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति – २०८१ अनुसन्धान प्रस्तावना अह्वान सम्वन्धि सूचना
September 11, 2024लिम्बुवान अध्ययन केन्द्रको विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति – २०८१ सम्वन्धी सूचना
November 25, 2024लिम्बुवान अध्ययन केन्द्र
विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार छनौट सम्बन्धी सूचना
(विज्ञापन प्रकाशित मितिः २०८१ भदौ २६)
किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष – २०७३ अन्तर्गतको विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरुसंग सम्बन्धित मौलिक, खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई रु. १,००,०००/– (एक लाख) पुरस्कार प्रमाण–पत्र सहित प्रदान गरिने भएकोले व्यक्ति, समूह वा संस्थाले २०८० साल चैत्र मसान्तसम्म आ–आफ्नो प्रकाशित मौलिक कृतिको ३ प्रति निम्न ठेगानामा मिति २०८१ असोज ३० गतेसम्म उपलब्ध गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्कः
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङहिम, ललितपुर – १४
फोन नं. ०१–५१७१०४९/०१–५१७०१२३ मोबाइल नं. ९८५११९९९४० (भगिराज इङनाम), ९८४१३६५७४० (अर्जुन लिम्बू), ९८४३७७९८९१ (बिना खालिङ लिम्बू)